
काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले सार्वजनि गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नोक्सानी घटेको हो ।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी पनि घटेको हो । समीक्षा अवधिमा कम्पनीको खुद नोक्सानी १० करोड ६४ लाख रुपैयाँबाट घटेर ८६ लाख ५५ हजार रुपैयाँमा पुगेको छ । कम्पनीको वित्तीय खर्च पनि समीक्षा अवधिमा २४ करोड ५२ लाख रुपैयाँबाट घटेर २१ करोड ८५ लाख रुपैयाँमा सीमित भएको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ३६ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २८ करोड ७० लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो ।
१ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ५४ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५८ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा रहेको छ ।













समाचार
आयल निगमको कार्यकारी निर्देशकका लागि ६ जनाको नाम सर्टलिस्ट
भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल
नियमित उडान नहुँदा टरिगाउँ विमानस्थलको इन्धन डिपो समस्यामा
रासायनिक मलका लागि हरसम्भव प्रयासरत छौँः मन्त्री चौधरी
व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला
आज मध्यरात पछि स्थानीय तहमा नियमित आर्थिक कारोबार बन्द
पेट्रोलमा इथानोल मिसाउँदा भारतीय चालकहरुको असन्तुष्टि
दुई दिने सार्वजनिक बिदामा आरटीजीएस प्रणाली सुचारु हुने
बालेन शाहले भेटे निर्माण व्यवसायी, सुने निर्माण क्षेत्रले खेप्दै आएको सास्ती
मौद्रिक नीतिको सीबीफीनद्धारा स्वागत