नेशनल लघुवित्तको लोभलाग्दो प्रगतिः नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अवधिमा गत आवको सोही अवधिको तुलनामा १०६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १०६.६२ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले चालु आवको पुस मसान्तसम्मा २१ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आको सोही अवधिमा १० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको थियो । चालु आवमा कम्पनीको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको सञ्चालन नाफा गत आवमा १४ करोड ८८ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ३० करोड ७५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, खुद ब्याज आम्दानी गत आवमा ३५ करोड ३१ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ६६ करोड ३८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा २४ करोड १५ लाख रुपैयाँ छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । कम्पनीको सञ्चित मुनाफा २४ करोड १५ लाख र जगेडा कोषमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले १६ अर्ब ४२ करोड रुपैयाँ सापटी लिएर ६ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन र २२ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । कम्पनीको प्रतिसेयर आम्दानी गत आवमा १९ रुपैयाँ २२ पैसा रहेकोमा चालु आवमा बढेर ३२ रुपैयाँ ३४ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६७ पैसा र निष्क्रिय कर्जा ३.०४ प्रतिशत रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार