
काठमाडौं । बुधबारको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ६ अंकले बढेर कारोबार भएको बजार आज भने १ दशमलव ८६ अंकले बढेर बन्द भएको हो ।
आजको सेयर कारोबार बन्द हुँदा नेप्से परिसूचक १ दशमलव ८६ अंकले बढेर २६८५ दशमलव ७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव २५ अंकले बढेर ४५० दशमलव ४० विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ४ उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन आज कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन ७ अर्बभन्दा केही बढीको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०७ कम्पनीका १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर ८२ हजार ८५० पटक खरिद बिक्री हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार ६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेका छ भने दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
गार्डियन माइक्रोको सेयर मूल्यमा सकारात्मक सर्किट
आज सेयर बजारमा सामान्य अंकले बढेर बन्द भयो । कारोबार भएका कम्पनीमध्ये १३४ कम्पनीको सेयर मूल्य बढेको दिन आज गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्यमा यो साताको चारै दिन सकारात्मक सर्किट लागेको हो । आजको यो कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेर ४४० रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा रिभर फल्स पावर, न्यादी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक छन् ।
आजको कारोबार बन्द हुँदा रिभर फल्सको सेयर मूय ६७ रुपैयाँले बढेर ९०२ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.०२ प्रतिशतले धेरै हो । त्यस्तै आज न्यादी हाइड्रोको सेयर मूल्य ७.५९ प्रतिशत अर्थात् ६१ रुपैयाँ २० पैसाले बढेर ८६८ रुपैयाँ पुगेको छ । आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १११ रुपैयाँ ७० पैसाले बढेर १ हजार ६१० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४६ प्रतिशतले धेरै हो । आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ७.०८ प्रतिशत अर्थात् ७५ रुपैयाँले बढेर १ हजार १३४ रुपैयाँ पुगेको छ ।
दुई कम्पनीमा नकारात्मक सर्किट
बुधबार सेयर बजार सामान्य अंकले बढ्दा पनि दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा उपकार लघुवित्त र सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । आजको कारोबार बन्द हुँदा यी दुवै कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको हो । आज उपकार लघुवित्तको सेयर मूल्य ५२० रुपैयाँले घटेर ४ हजार ६८० रुपैयाँ पुगेको छ । त्यस्तै सुपर मादी हाइड्रोपावरको सेयर मूल्य १२४ रुपैयाँ १० पैसाले घटेर १ हजार ११७ रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा रसुवागढी हाइड्रोपावर कम्पनी, एनएबी ५० र सनराइज फोकस्ड इक्वीटी फण्ड रहेका छन् । आज रसुवागढीको सेयर मूल्य ४२ रुपैयाँ ३० पैसाले घटेर ४४५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ८.६८ प्रतिशतले कम हो । त्यस्तै आज एनएमबी ५० को सेयर मूल्य ७.९७ प्रतिशत अर्थात् ०.९० रुपैयाँले घटेर १० रुपैयाँ ३९ पैसा पुगेको छ । त्यस्तै सनराइज इक्वीटी फण्डको सेयर मूल्य ०.६९ रुपैयाँले घटेर ९ रुपैयाँ १२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.०३ प्रतिशतले कम हो ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव