
रोमानिया । रोमानियामा रहेका हिमाली बौद्ध धर्मावलम्बी शेर्पा समुदायले प्रमुख पर्व महान राष्ट्रिय ग्याल्पो लोसार २१५२ (श्यिङ मो डुल लो – काठ स्त्री वर्ष) भव्य र उल्लासमय रूपमा मनाउन शेर्पा किदुग रोमानियाले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली संस्कृतिको प्रवद्र्धन, परम्पराको जगेर्ना र प्रवासमा एकता बढाउने उद्देश्यले आगामी मार्च ९, २०२५ (आइतवार) का दिन बुकारेष्ट सेक्टर १, रेष्टुरेन्ट इस्टको सभा हलमा शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम गरेर सो पर्व मनाउन लागिएको सो संस्थाले जनाएको हो ।
कार्यक्रममा नेपाली स्वादिष्ट परिकार र पेय पदार्थ, शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य, स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विविध नेपाली सांस्कृतिक कार्यक्रम, नेपाली लोक र पप गीतका साथ निरन्तर डिजे प्रदर्शनका साथै DJ Lom@s र DJ दमकसँग सँगै मनोरञ्जनात्मक डिजे प्रस्तुतिहरू गरिने अध्यक्ष ल्हाक्पा तेन्जी लामा शेर्पाले जानकारी दिए ।
कार्यक्रममा लोसारसम्बन्धी प्रतिभालाई विशेष प्राथमिकता दिइने जनाउदै किदुगले कार्यक्रममा नेपाली सांस्कृतिक पहिरनमा उपस्थित हुन रोमानियामा क्रियाशील विभिन्न संघसंस्था, समाजसेवी, नेपाली होटल र रेस्टुरेन्ट व्यवसायीहरू, साथै सञ्चारकर्मीहरू र सम्पूर्ण नेपाली समुदायलाई अनुरोध पनि गरेको छ । कार्यक्रममा शेर्पा किदुग रोमानियाको वार्षिक सदस्यता लिन सक्ने तथा नयाँ सदस्यता लिने शेर्पा समुदायलाई टिकटमा २० प्रतिशतसम्म छुट दिइने पनि आयोजकको भनाइ छ ।












समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै