
काठमाडौं । नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति, सोलुखुम्बुले शेर्पाहरुको महान चाड २१५२ औं सिङ मो डुल लो ग्याल्पो लोसारको अवसरमा शुभकामना आदानप्रदान, शेर्पा विद्यार्थी सम्मान तथा लोसार साँझ कार्यक्रम गर्ने भएका छन् । सोलुखुम्बुको सल्लेरीमा रहेको थेक्छेन पेमा छोलिङ गुम्बा प्राङ्गणमा फागुन १९ गते उक्त कार्यक्रम सञ्चालन हुन् छ ।
उक्त अबसरमा स्याब्रु नृत्य प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय शेर्पा कलाकारहरुको सांगितिक प्रस्तुति, जिल्लाबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरेका शेर्पा विद्यार्थीलाई सम्मान कार्यक्रम, शेर्पाहरुको लोप हुन लागेको सिली, नादिङ आदिको प्रस्तुति गरीने नेपाल शेर्पा बिद्यार्थी संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गेलु शेर्पाले बताए । साथै कार्यक्रममा पाल्मु शेर्पा लाक्पा तेन्जी शेर्पा साथै अन्य नृत्य कलाकारहरुको बेजोड प्रस्तुति रहने सस्थांका अध्यक्ष मिङमार याङजी शेर्पाले जानकारी दिइन् । कार्यक्रममा उद्घोषक डोल्मा छिरिङ शेर्पाले गर्नेछिन् ।
नेपाल शेर्पा विद्यार्थी संघ जिल्ला कार्यसमिति सोलुखुम्बुले अहिलेसम्म शेर्पा जातिको संस्कार संस्कृतिको संरक्षण साथै युवाहरुलाई खेलकुद क्षेत्रमा प्रोत्साहन गर्ने, स्याब्रु नृत्यको जर्गेना गर्ने, बालबालिकाहरुको अन्र्तनिहित क्षमताको अभिबृद्धि गरी युवाहरुको व्यक्तित्व विकाश तथा शेर्पा समुदाय तथा बौद्धधर्मको संरक्षण र सम्र्बधनमा सहयोग गर्ने, शेर्पा जातिको लोपोन्मुख अबस्थामा रहेको संस्कृतिको जर्गेना गर्ने आदि जस्ता विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व