
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य स्थिर रहेको छ ।
केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ १५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९१ पैसा कायम गरिएको छ । स्विस फ्र्यांक एकको खरिददर १५४ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७४ पैसा तय गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९७ पैसा, सिंगापुर डलर एकको खरिददर १०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ २१ पैसा र बिक्रीदर ९ रुपैयाँ २५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८६ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा र बिक्री दर ३१ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३ रुपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्री दर १९ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९७ पैसा र ओमनी रियाल एकको खरिददर ३५९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १७ पैसा तय गरेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै