
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा आगामी चैत १ गतेदेखि २६ औँ पुष्प मेला (फ्लोरा एक्स्पो) आयोजना हुने भएको छ । ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ चैत १ गतेदेखि ४ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा मेला आयोजना हुने एशोसिएसनले आज यहाँ पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
आयोजकका अनुसार मेलामा ८२ वटा स्टल रहनेछन् । मेलामा पुष्प व्यवसायीहरूले उत्पादन गरेका विभिन्न फूल तथा बिरुवालाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने छ, जसमा उत्कृष्ट हुनेलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ । व्यवसायीले मेलामार्फत आफ्ना उत्पादनको प्रचारप्रसार, बजार विस्तार तथा बिक्री वितरण गर्न सक्नेछन् । साथै, अन्य व्यवसायी तथा उपभोक्तासँग सम्पर्क विस्तार गर्ने अवसर पाउनेछन् ।
मेला संयोजक रामबहादुर तामाङले मेला अवधिमा करिब ६० हजार मानिसले अवलोकन गर्ने र करिब रू एक करोड बराबरको कारोबार हुने अनुमान गरिएको बताए ।












समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा