काठमाडौं । उपभोक्ता दिवसको अवसर पारेर उपभोक्ता अदालत गठन भएको छ । उद्योग विभाग परिसरमा शनिबार आयोजित कार्यक्रममा अदालतको प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले उद्घाटन गरेका हुन् ।
समारोहमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत गठन उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा ठूलो उपलब्धि भएको बताए । अदालतले आइतबारबाटै काम सुरु गर्ने जानकारी कार्यक्रममा दिइयो । यो अदालतले प्रारम्भमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका उपभोक्ताको उजुरीमा सुनुवाइ गर्ने भएको छ ।
ऐन आएको ६ वर्षपछि अदालत गठन भएको हो । सरकारले उपभोक्ता संरक्षण ऐन २०७५ सालमा ल्याएको थियो तर अदालत गठनको प्रक्रिया अघि बढेको थिएन । यसबारे परेको रिट सर्वोच्च अदालतले सातै प्रदेशमा उपभोक्ता अदालत स्थापना गर्नुपर्ने फैसला गरेको थियो।