दिल्लीको लगातार दोस्रो जित, हैदरावादको दोस्रो हार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटलले लगातार दोस्रो जिन निकालेको छ । दिल्लीले सनराइजर्स हैदरावादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो ।

आइतबार सम्पन्न खेलमा हैदरावादले दिएको १६४ रनको लक्ष्य दिल्लीले १६ ओभरमा ३ विकेट गुमाएर भेटायो । दिल्लीको जितमा ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ५० रन जोडे । पहिलो विकेटका लागि फाफले अर्का ओपनर जेक फ्रेजरले ९.१ ओभरमा ८१ रनको साझेदारी गरेका थिए । जेकले ३८ रन जोडे । अभिषेक पोरेल ३४ रनमा अविजित रहे । केएल राहुल १५ रनमा आउट हुँदा ट्रिस्टन स्टब्स २१ रनमा नट आउट रहे ।

हैदराबादका लागि तीनै विकेट यसै खेलबाट आइपिएल डेब्यु गरेका जिशान अन्सारीको नाममा रह्यो । त्यसअघि दिल्लीको घरेलु मैदान विशाखापट्टनममा टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले अनिकित बर्माको अर्धशतक सहयोगमा १८.४ ओभरमा सबै विकेट गुमाएर १६३ रन बनाएको थियो । माथिल्लो क्रमका ४ ब्याटर सस्तैमा आउट भएर समस्यामा परेको हैदराबादका लागि अनिकितको अर्धशतकले मध्यम योगफल सम्म पुग्न सहयोग पुग्यो ।

३७ रन जोड्दा ४ विकेट गुमाएर समस्यामा पुगेको हैदराबादका लागि अनिकितले पाँचौ विकेटका लागि हेनरिक क्लासेनसँग ७७ रनको साझेदारी गरे । क्लासेनले ३२ रन जोडे । ओपनर ट्राभिस हेड २२ रनमा आउट भए । अर्का ओपनर अभिषेक शर्मा १, इशान किशन २, अभिनब मनोहर ४, कप्तान प्याट कमिन्स २ तथा नितिशकुमार रेड्डी रनको खाता नखोल्दै आउट भए । हर्षल पटेल ५ तथा वयन मुल्दार ९ रन बनाए ।
मिचेल स्टार्क एक्लैले ५ विकेट लिए । कुलदिप यादवले ३ र मोहित शर्माले १ विकेट लिए । दिल्ली २ खेलमा ४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । दिल्लीले पहिलो खेलमा लखनउमाथि रोमाञ्चक जित निकालेको थियो ।

हैदराबादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा राजस्थानलाई हराएको हैदराबाद दोस्रो खेलमा लखनउसँग पराजित भएको थियो । १० टोलीको सहभागिता रहेको आइपिएलमा हैदराबाद २ अंकका साथ सातौं स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार