काठमाडौं । महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद मुख्य थिम रहेका चितवन महिला मोटर र्याली चैत २५ गते आयोजना हुने भएको छ । उक्त कार्यक्रमका विषयमा आज पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिइएको हो ।
बागमति अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष राजन पिया, रेबान चितवनका अध्यक्ष धुव गिरी, नेपाल चेम्बर्स अफ कमर्सका कार्यकारी सदस्य गोपाल भट्टराई, तथा पत्रकार महासंघ चितवनकी अध्यक्ष शान्ता अधिकारी सहितको उपस्थितीमा सम्पन्न पत्रकार सम्मेलनमा समग्र चितवनको साहसिक खेलकुदमार्पmत दिगो पर्यटन र महिला सशक्तिकरणको क्षेत्रमा महिला मोटर ¥यालीले पार्ने सकारतात्मक प्रभावको बारेमा समेत चर्चा गरिएको थियो ।
यो संघ अटोमोवाइल, मोविलिटि, मोटरस्पोर्टस, ड्राइभ टुरिजम, दिगो सडक तथा सुरक्षित यातायातको क्षेत्रमा समेत क्रियासिल बागमती प्रदेश स्तरीय संघ हो । मोटर स्पोर्ट्स मोटर र्याली, सेफ्टी राइडिङ तालिम, बिद्यालय क्षेत्र सुरक्षा कार्यक्रम, अटोल्याण्डको अध्ययन अनुसन्धान तथा सार्वजनिक यातायातको क्षेत्रमा राष्ट्रिय/अन्तराष्ट्रिय संघ संस्थासंगको सहकार्यमा काम गरिरहेको छ ।
यसै सिलसिलामा बागमति प्रदेश खेलकुद विकास परिषदमा दर्ता भई नेपाल अटोमोवाइल एसोसिएसनमा आवद्ध यस संघ आगामी २०८१ चैत्र २५ गते चितवनका पर्यटकीय क्षेत्रहरुलाई जोड्दै ड्राइभ टुरिजम, महिला सशक्तिकरण तथा साहसिक खेलकुदमा प्रवेश गर्ने उदेश्यका साथ भरतपुर–मेघौली–गोलाघाट– जगतपुर–पटिहानी–सौराह महिला मोटर र्यालीको कार्यक्रम लिएर उपस्थित भएका छौँ ।

नेपाल र विश्वकै सन्दर्भमा अत्यन्तै साहसिक र पृथक पहिचान बोकेको मोटरस्पोर्ट्सको विधा Special Stage सहितको TDS Rally को समाचार प्रस्तुत गर्दछौँ । विगत एक दशक देखि नेपालमा र चितवनमा समेत लोकप्रिय हुदै आएको मोटर स्पोर्ट्सको कयौन इभेन्टहरु चितवनमा पनि सम्पन्न भइरहका छन् । महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद मुल थीम रहेको यस Women’s Motor Rally बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको अयोजनामा हुन् गइरहेको हो, जसको नेत्तृत्व र सचिवालय समेत चितवनमा रहेको छ ।

समय, दुरि र गतिमा (TDS) आधारित र्यालीका सहभागि ड्राइभरहरुले तोकिएको रुटमा तोकिएको गति भित्र रहेर तोकिएको चेक–पोइन्ट पार गदै समयभित्र यात्रा सम्पन्न गर्नेछन् । मोटर रेसिंगको सर्ट सर्किट विधा Special Stage छोटो र सांगुरो अस्थाई सर्किट डिजाइन गरि कलात्मक हिसावले तयार गरिन्छ । जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।
भरतपुरको नारायणी तिरस्थित चितवन उद्योग बाणीज्य संघ नेरबाट प्रतियोगिताको शुरुवात गर्ने निर्णय गरेका छौ । जहाँ ३० गाडीमा नेभिगेटर सहित ६० जना सहभागी गराउने योजना रहेको छ । नेपाल भरिका कुनै पनि स्थानका इच्छुक महिला ड्राइभरहरुले अनलाइन मार्फत नाम दर्ता गर्ने सक्नेछन् जसले नासा नेपालको स्पोर्टस् लाइसेन्स लिएको भने हुनुपर्नेछ ।

आगामी चैत्र २५ गते विहान ७ बजे देखि शुरुवात गरिने सो कार्यक्रमका विजेतालाई शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, स्पेसल स्टेजमा उत्कृट २ जनालाई अन्तराष्ट्रिय खेलमा सहभागिताको अवसर प्रदान गरिने छ । कार्यक्रममा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल र अन्य अपिसियल गरि १०० जनाको सहभागीता रहनेछ । कार्यक्रमका सहभागीले दर्ता शुल्क वाफत १ हजार वुझाउनपर्नेछ भने चितवन वाहिरवाट आउने सहभागिलाई १ रातको आवास व्यवस्था गरिने छ । साथै सहभागिको लागि खेलकुद विमा, रेसिङ्ग तथा रोड सेफ्टीको ओरीन्टेसन गरिनेछ ।
कार्यक्रममा सवै किसिमका कार तथा जिपले भाग लिन पाउनेछन् भने प्रतियोगितामा महिलाहरुमात्र सहभागी हुन पाउनेछन् । भरतपुर महानगरपालिकाका मेयरद्धारा शुभारम्भ गरिने सो प्रतियोगिताका ेसमापन भने रत्ननगर नगरपालिकाका मेयरद्धारा हुनेछ । करिव ११ लाख ६० हजार कुल लागत अनुमान गरिएको कार्यक्रममा उद्यमी, ब्यवसायी तथा दर्ता शुल्क मार्फत बजेट ब्यबस्थापन गरिनेछ भने भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोवाल्स डिलर एसोसिएशन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौरहा सहयोगी संस्थाकोरुपमा रहने छन ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण कुनै टेलिभिजनबाट गरिनेछ भने नेपाल अटोमोवाइल्स एसोसिएसनका अन्तर्राष्ट्रिय तालिम प्राप्त मार्शलहरुमार्पmत ओरियन्टेसन गरिनेछ तथा सोही टिमनै निर्णायक हुनेछन् ।