काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), बागमती प्रदेश समितिले शुक्रबार (भोलि) विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै पुनरुत्थानवादी गतिविधिको विरोध गर्न यो कार्यक्रम गर्न लागिएको हो ।
जसपाका शीर्ष नेताहरूको उपस्थिति रहनेछ । उनीहरूले राजसंस्थाको पुनःस्थापनासम्बन्धी गतिविधिप्रति पार्टीको आधिकारिक धारणा स्पष्ट पार्नेछन् । पछिल्लो समय केही समूहहरू राजसंस्थाको पुनःस्थापनाको माग गर्दै सडकमा उत्रिएका छन् । जसपाले ती गतिविधिहरूप्रति गम्भीर असहमति जनाएको छ । जसपाका संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले गणतन्त्र, संघीयता र लोकतन्त्रको रक्षा गर्नु अहिलेको मुख्य जिम्मेवारी रहेको बताए ।
लोकतान्त्रिक व्यवस्था जनताको संघर्षबाट स्थापित भएको जसपाको भनाइ छ । यसको रक्षा सबै नागरिकको कर्तव्य हो । पुनरुत्थानवादी सोचले देशलाई पछाडि धकेल्ने चेतावनी पनि दिएको छ । कार्यक्रमलाई लिएर विभिन्न समूहले चासो देखाएका छन्।
जसपा बागमती प्रदेशका अध्यक्ष जयकानुसार लोकतन्त्र पक्षधरहररु यस खाले कार्यक्रमलाइ समर्थन गरिरहेका छन् । राजसंस्थाका समर्थकहरूले भने आलोचना गरेका छन् । जसपाले सबैलाई लोकतन्त्रको पक्षमा एकजुट हुन आग्रह गरेको छ । कार्यक्रम भोलि चैत २२ गते (ने.सं. ११४३ चौलाथ्व ७), दिउँसो १२ः३० बजे नेपा ब्याङ्क्वेट, पुष्पलालपथ, खुसीबुँमा हुनेछ ।