सेयर बजारमा उच्च गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । गभर्नर नियुक्तिमा भएको ढिलाइको प्रभाव सेयर बजारमा देखिएको छ । सरकारले तत्काल नयाँ गभर्नर नियुक्त गर्ने सम्भाना टरेसँगै यसको प्रभाव सेयर बजारमा देखिएको हो ।

सोमबार सरकारले कायम मुकायम गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई दिएसँगै गभर्नर नियुक्तिमा ढिलाई हुने देखिएको छ । गभर्नर नियुक्तिलाई पर्खिरहेको बजार आज १ प्रतिशत भन्दा बढीले घटेर कारोबार बन्द भएको छ । सोमबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ३३ दशमलव ३३ अंकले घटेको छ । यो अघिल्लो कारोबार भन्दा १.२३ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६७० दशमलव ९४ विन्दुमा पुगेको छ ।

आज सेयर बजारमा २२१ कम्पनीको सेयर मूल्य घटेको छ भने जम्मा २३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८५ अंकले घटेर ४४६ दशमलव २३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा सबै १३ वटै उपसूचकको सेयर मूल्य घटेको छ ।

परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन ७ अर्ब ८४ करोड माथिको कारोबार भएको बजारमा आज ५ अर्ब ६५ करोड ८९ लाख ७३ हजार ७६६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२२ कम्पनीका १ करोड १४ हजार ८६६ कित्ता सेयर ५५ हजार ७१२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार