
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनी पोखराबाट पक्राउ परेका हुन् । नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंमाथि अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीका दुई युनिटलाई पत्राचार गरेको थियो । निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।
कांग्रेसको विशेष महाधिवेश पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नोमा पारेको भन्दै प्रसाईंले एक भिडियो सार्वजनिक गरेका थिए । यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै आयोगले प्रहरीका दुई कार्यालयलाई पत्राचार गरेको हो । प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान