काठमाडौं । मंगलबार पनि सेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार परिसूचक आज ३ दशमलव ४४ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २६६६ दशमलव ६१ विन्दुमा पुगेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव २२ अंकले घटेर ४४४ दशमलव ७८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको घटेको छ । आज सेयर बजारमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२३ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ ।
नेप्से परिसूचक सामान्य बढेको दिन ५ अर्बभन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५३ हजार ४९२ पटक खरिद बिक्री हुँदा ५ अर्ब ३० करोड ९५ लाख ६८ हजार ९ सय ९७ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
३ कम्पनीमा सकारात्मक सर्किट
आज सेयर बजार सामान्य अंकले घटेर बारोबार भएको छ । सेयर बजार घटेर कारोबार भएको दिन तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज बोटलर्स नेपालको सेयर मूल्य १ हजार ६२० रुपैयाँ ८० पैसाले बढेर १७ हजार ८३० रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले बढी हो । विन नेपाल लघुवित्तको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् २७२ रुपैयाँ ६२ पैसाले बढेर २ हजार ९९८ रुपैयाँ ९० पैसा पुगेको छ । आजबाट मात्रै दोस्रो बजारमा कारोबार खुलेको नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ३० रुपैयाँ २० पैसाले बढेर ३३२ रुपैयाँ ५० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा गुराँश लघुवित्त र मोलुङखोला जलविद्युत कम्पनी रहेका छन् । आज गुराँस लघुवित्तको सेयर मूल्य ११० रुपैयाँ ३१ पैसाले बढेर २ हजार ९१९ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.९३ प्रतिशतले बढी हो । त्यस्तै मोलुङखोला जलविद्युतको सेयर मूल्य ४.०४ प्रतिशत अर्थात् २१ रुपैयाँ ६९ पैसाले बढेर ५५८ रुपैयाँ १७ पैसा पुगेको छ ।
धेरै मूल्य घट्ने यी हुन शीर्ष ५ कम्पनी
मंगलबार सेयर बजार सामान्य अंकले घटेर बन्द हुँदा १२३ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । १२३ कम्पनीमध्ये धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा बाराही हाइड्रोपावर, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सयपत्री हाइड्रोपावर र माया खोला हाइड्रोपाव छन् ।
आजको कारोबार बन्द हुँदा बाराही हाइड्रोपावरको सेयर मूल्य ६५ रुपैयाँ ०६ पैसाले घटेर १ हजार ४७ रुपैयाँ ६६ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.८५ प्रतिशतले कम हो । त्यस्तै आज सामुदायिक लघुवित्तको सेयर मूल्य ८७ रुपैयाँ ८४ पैसाले घटेर १ हजार ८१२ रुपैयाँ ४२ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.६२ प्रतिशतले कम हो ।
आज उन्नति सहकार्यको सेयर मूल्य पनि ४.६२ प्रतिशत अर्थात् ८० रुपैयाँ ३४ पैसाले घटेर १ हजार ६५९ रुपैयाँ ९० पैसा पुगेको छ । आज सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८ रुपैयाँ ५४ पैसाले घटेर ७६९ रुपैयाँ ३९ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.५८ प्रतिशतले कम हो । आज माया खोला हाइड्रोपावरको सेयर मुल्य आज १४ रुपैयाँ ५९ पैसाले घटेर ५०० रुपैयाँ २५ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.८३ प्रतिशतले कम हो ।