
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई सुपर ओभरमा हराएको छ । दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेट गुमाएर १८८ रन बनाएको थियो । यसअघि दिल्लीको अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले ५ विकेट गुमाएर १८८ रन बनाएको थियो ।
दुवै टोलीले १ सय ८८ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गरेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको राजस्थानले ५ बलमा २ विकेट गुमाउँदै ११ रन बनाएको थियो। योसँगै छैटौं खेलमा पाँचौं खेल जितेको दिल्ली १० अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । सातौं खेलमा राजस्थानको यो पाँचौं हार हो । राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै