
काठमाडौं । कुशल भुर्तेलको १५औं अर्धशतकसँगै नेपालले दोस्रो टी–२० आई खेलमा पाहुना टोली युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ।मंगलबार सम्पन्न खेलमा घरेलु टोली नेपालले ८ विकेटको सानदार जित निकाले हो। योसँगै नेपालले २ खेलको सिरिज १–१ को बराबरीमा पुर्याएर समाप्त गरेको छ। पहिलो खेलमा नेपालले ६ विकेटको नराम्रो हार बेहोरेको थियो।
तर, यसपल्ट भने युएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। योसँगै पहिलो खेलको हारको बदला पनि नेपालले पूरा गरेको छ। नेपालको जितमा कुशलले अविजित रहँदै सर्वाधिक ८४ रनको योगदान दिए। उनले ५५ बलमा १२ चौका र २ छक्का प्रहार गरे।
उनको यो करिअरको १५औं अर्धशतक हो। कप्तान दीपेन्द्रसिंह ऐरी २३ रनमा अविजित रहे। कुशल मल्ल १९ र डेब्यु खेल खेलेका सन्तोष यादव एक रनमा आउट भए। युएईका मोहम्मद अर्फान र नलांश केसवानीले समान १ विकेट लिए।













समाचार
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान