
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यालाई समान ३–० गोलले हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे ।
जीतसँगै लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अंक छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अंक नै रहेको एस्टन भिल्ला तेस्रो तथा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।
त्यस्तै शनिबार भएको अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराउँदा निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । जीतसँगै चेल्सीको पाँच खेलमा १० अंक भएको छ । चेल्सी चौथो स्थानमा छ । अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एक÷एक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान