
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नाफा अर्ब माथि पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अर्ब नाघेको हो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा बैंकको नाफा १ अर्ब १० करोड २६ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको भन्दा २८.८९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ३ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । इम्पेयरमेन्ट चार्ट ९४ करोड ४३ लाखबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँ कायम भएको छ ।
यता, कम्पनीको संञ्चालक नाफा ४ अर्ब ९० करोडबाट बढेर ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ४३ करोड ३० लाख रुपैयाँ जम्मा छ ।
चैत मसान्तसम्मको अवधिमा प्रतिसेयर आम्दानी १२.६५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५६.२० रुपैयाँ छ । बैंकको लाभांश वितरण क्षमता ७ करोड ७ लाख रुपैयाँ छ ।













समाचार
‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
चौथो ताप्लेजुङ गोल्डकपः पर्यटकीय क्षेत्रबाट खेल तालिका सार्वजनिक
जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज
नेपाल प्रिमियर लिग क्रिकेट : कर्णाली याक्सलाई एभर राइजको साथ
क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग
अख्तियारको डरले कर्मचारीले निर्णय गर्न छाडे, सरकार ‘अनिर्णयको बन्दी’ बन्यो : मन्त्री गौतम
मुख्यमन्त्री थापाद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण
‘अख्तियारलाई प्रधानमन्त्रीको शाखा होइन, साँच्चिकै अख्तियार बन्न दिऔँ’
नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली
सिबिफिनको चेतावनी– ‘व्यावसायिक निर्णय र बैंकको धितो लिलामलाई फौजदारीकरण नगरियोस’