नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् ।

उनले आजै पदबहाली समेत गरेका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका थिए ।

डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप– निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनीले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया

ताजा अपडेट