राष्ट्रिय बीमा कम्पनीको नाफा २३.३७ प्रतिशतले घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफामा भारी गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा २३.३७ प्रतिशतले नाफा घटेको हो ।

वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ३९ करोड ५६ लाख रूपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा ५१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो । प्रकाशित विवरणअनुसार चालु आवको ९ महिनाको अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आवको यसै अवधिसम्म १० करोड १६ लाख रूपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा यस वर्ष भने ६४.१७ प्रतिशत बढी खुद बीमा शुल्क आर्जन गरेको हो ।

यस वर्ष कम्पनीको कुल आम्दानी समेत ९२ करोड ८६ लाख रूपैयाँबाट ८.१६ प्रतिशतले घटेर ८५ करोड २८ लाख रूपैयाँमा झरेको छ भने कुल खर्च २६ करोड ३ लाख रूपैयाँबाट २८ प्रतिशतले बढेर ३३ करोड ३४ लाख रूपैयाँ पुगेको छ। चुक्ता पुँजी २६ करोड ६६ लाख रूपैयाँ रहेको यस कम्पनीको महाविपत्ति कोषमा ६८ करोड ९० लाख रूपैयाँ र जगेडा कोषमा २ अर्ब ४६ करोड रूपैयाँ सञ्चिति रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी गत वर्षको तुलनामा चालु आवमा ४५.२६ रूपैयाँले घटेर १४८.३९ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ६ हजार ३२१.४४ रूपैयाँ रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार