
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन उच्च अंकले घटेको बजार आज भने २२.५९ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार खुलेको पहिलो ३ मिनेटमा नै ४ प्रतिशतले बढेर २० मिटेका लागि बन्द भएको बजार त्यस पछि भने घटेर अन्तिममा २२.५९अंकले बढेर २५८२.१८विन्दुमा पुगेको हो । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.८४ अंकले बढेर ४५१.३१ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको सेयर मूल्य घटेको छ ।
आज सेयर बजारमा २०० कम्पनीको सेयर मूल्य बढ्को छ भने ४१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । परिसूचक दोहोरो अंकले बढेको दिन सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३१३ कम्पनीका १ करोड १८ लाख ३० हजार ७७ कित्ता सेयर ५६ हजार ३२१ पटक खरिद बिक्री हुँदा ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ रुपैयाँको कारोबार भएको छ ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
नेपाल पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान