
काठमाडौं । प्रभु बैंकको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण बैंक मुनाफा ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँ रहेको हो ।
तर गत वर्ष बैंकले १ अर्ब ४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ करोड ४७ लाख रुपैयाँबाट बढेर ४० करोड ६० लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ । तीन महिनामा बैंकको खुद ब्याज आम्दानी १०.१४ प्रतिशतले बढेर २ अर्ब ८९ करोड ५२ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी २ अर्ब ६२ करोड ८६ लाख रुपैयाँ रहेको थियो ।
बैंकको सञ्चालन नाफा १ अर्ब १७ करोड २० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १६.५१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ रहेको थियो ।
बैंकको चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ४० करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ५.७८ प्रतिशतमा आइपुगेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ रहेको छ ।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन