काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १ सय दिनभित्र विद्यार्थीहरुको नतिजा प्रकाशन गरिसक्नुपर्नेमा ४ सय दिनसम्म लगाउने गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२ औँ वार्षिक प्रतिवेदनमा उक्त विषय उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषद्ले २०८० असोज २७ मा परीक्षा समाप्त भएको १ सय दिनभित्रै परीक्षफल प्रकाशन गर्ने निर्णय गरेपनि परीक्षाको नतिजा प्रकाशन गर्न २ सय ४ देखि ४ सय दिनसम्म लागेको देखिएको महालेखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा भाग लिन असर पर्ने भएकाले तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्न महालेखाले सुझाव समेत दिएको छ ।
