
काठमाडौं । नेपाल बौद्ध महासंघले पछिल्लो समय गोन्पा (गुम्बा) तथा विहारहरू विरुद्ध तथ्यहीन, कपोलकल्पित, अतिरञ्जित र भ्रामक प्रचार गर्दै सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि विभिन्न सञ्चारमाध्यमहरूमार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न स्थानहरूमा गत भदौ २३ र २४ गते भएको जेनजेडहरूका आन्दोलनपश्चात् सो आन्दोलनसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्वहरूले भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू शाक्यमुनि बुद्धले जगत् हितका लागि प्रदान गर्नुभएको आगम र अधिगमको अध्ययन, अध्यापन र अभ्यासका केन्द्रको रूपमा स्थापित रहेका छन् । यी पवित्र स्थलहरू मानवता, करुणा, अहिंसा र परोपकारका शिक्षाबाट प्रेरित शैक्षिक तथा आध्यात्मिक संस्थान हुन् । गोन्पा तथा विहारहरूले कहिल्यै कुनै राष्ट्र वा समुदायको अहित गर्ने कार्य गरेका छैनन्, र भविष्यमा पनि त्यस्तो सम्भावना रहँदैन । शान्ति, एकता र सौहार्द सुदृढ पार्ने उद्देश्यले स्थापित यी केन्द्रहरू विश्वशान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको संवद्र्धनमा निरन्तर समर्पित छन् । अतः गोन्पाबाट देशको शान्ति, सुरक्षा वा अखण्डतामा खतरा उत्पन्न हुने भनाइ पूर्णतः निराधार र असत्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
साथै देशमा अशान्ति चहाने केही अराजक व्यक्तिहरूले गोन्पाको वास्तविक उद्देश्य र भूमिकासम्बन्धी जानकारी बिना नै, काठमाडौँ उपत्यकाभित्र रहेका गोन्पाहरू विदेशी राष्ट्रहरूको अखडा बन्दै गएको र त्यहाँ हतियार लुकाइएको जस्ता भ्रामक, उच्छृङ्खल र गैरजिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक रूपमा दिँदै आएको भन्दै यस प्रकारका दुराशयपूर्ण, तथ्यहीन र गैरजिम्मेवार अभिव्यक्तिहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पु¥याउन सक्ने विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै किरा–फट्याङ्ग्रदेखि सम्पूर्ण प्राणीहरूको हित चाहने बौद्धमार्गीहरू तथा उनीहरूका शान्तिपूर्ण पाठपूजा क्रियाकलापहरूबारे फैलाइएको तथ्यहीन प्रचार र दूष्प्रचारले सम्पूर्ण बौद्ध समुदायको मानमर्दन गरेको उल्लेख गरिएको छ । यस प्रकारका भ्रामक समाचार र अभिव्यक्तिहरूले समाजमा भ्रम र द्वेष फैलाउने जोखिम बढाएको हुँदा, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिहरू, कार्यक्रमका प्रस्तोता र अन्तर्वार्ता दिनेहरूमाथि यथाशीघ्र सत्यतथ्य छानबिन गरी आवश्यक कानूनी कारबाही गर्न पनि महासंघले आग्रह गरेको छ ।
‘यस्ता भ्रम फैलाउने कार्यहरूको घोर भत्र्सना गर्दै, सम्पूर्ण सञ्चार माध्यम, सामाजिक अभियन्ता तथा नागरिक समाजलाई सत्य, तर्कसंगत र जिम्मेवार ढङ्गले प्रस्तुत हुन हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता