
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गरेका छन् । शेर्पा समुदायको महान् पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसारको अवसरमा देश र विदेशमा रहेका शेर्पा समुदायमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले पर्वलाई समाजमा सौहार्द, एकता, समझदारी, मित्रता र सहकार्यको भावना अभिवृद्धि गर्ने अवसरका रूपमा लिन सक्नुपर्ने बताएका हुन् ।
उपराष्ट्रपति यादवले पर्वका अवसरमा परिवार, साथीहरू र समुदायबीचमा भेटघाट, भोज, नृत्य र संगीतका कार्यक्रमहरू आयोजना हुनुले समाजमा परस्पर मेलमिलाप, स्नेह र समरसता बढाउनमा सघाउँने उल्लेख गरे । यो पर्व नेपालको हिमाली भूभागमा बसोबास गर्ने आदिवासी जनजातिहरू शेर्पा, तिब्बती र योल्मो समुदायले मनाउने गरे पनि नेपालको विविधतायुक्त समाजमा सांस्कृतिक घुलनका कारण अन्य चाडपर्वमा जस्तै पछिल्लो समय अरू समुदायका मानिसको पनि यसमा उल्लेख्य सहभागिता जनाउने गरेका छन् । यसले राष्ट्रिय एकतालाई थप बलियो, प्रगाढ र सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई अक्षुण्ण बनाइराख्न सबैलाई उत्प्रेरित पनि गर्दछ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि