
काठमाडौं । शेर्पा पर्यटन व्यवसायी संघको आयोजनामा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा सामुहिक भोज कार्यक्रम आयोजना भएको छ । राजधानीमा औपचारिक र सांस्कृतिक कार्यक्रमका साथमा संघले लोसार विशेष कार्यक्रम आयोजना गरेको हो ।
पर्यटन व्यवसायी शेर्पाहरुले शेर्पा संस्कृतिको संरक्षण, प्रबद्र्धन र विकासलाई टेवा पुर्याउँदै त्यसैको जगमा पर्यटन व्यवसायलाई उठान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष पेम्बा शेर्पा संगमले जानकारी दिए । संघले ग्याल्पो लोसार विशेष कार्यक्रम बार्षिक रुपमै आयोजना गर्दै आएको छ । नेपाली पर्यटनलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण धरोहरको रुपमा रहेको हिमाली आदिवासी शेर्पा समुदायको परम्परागत चाड ग्याल्पो ल्होसारले व्यवसायीवीच भातृत्व सुदृढ गर्दै दीगो पर्यटन, समृद्ध राष्ट्र निर्माणमा सघाउ पुर्याउने हेतुले लोसार विशेष कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव पासाङ शेर्पाले जानकारी दिए ।
औपचारिक कार्यक्रममा पर्यटन तथा शेर्पा समुदायका विशिष्ट व्यक्तित्वहरुले पर्यटनको पर्याय नै शेर्पा रहेको दाबी गर्दै शेर्पा समुदायको सभ्यता, इतिहास र पहिचानले नै मुलुकको पर्यटन विकासको प्रमुख आधार रहेका भनाइ राखेका थिए । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरु विना पर्यटन संभव नरहेको र नेपालको पर्यटनको आधार भनेकै यहाँको संस्कृति र विविधता रहेको कार्यक्रममा सहभागि अधिकांशको भनाइ थियो ।
कार्यक्रमको औपचारिक सत्रमा ताप्लेजुङ श्याब्रु कलाकार समूह, भोजपुर किदुगका कलाकारहरुले श्याब्रु प्रस्तुती दिए । त्यस्तै, चर्चित कलाकारहरुले सांगितिक प्रस्ततीले सहभागिहरुलाई मनोरञ्जन दिए । अनौपचारिक सत्रमा कलाकार, प्रयोजकहरुलाई कदर पत्र समेत प्रदान गरिएको लोसार संयोजक छोकी शेर्पाले जानकारी दिइन् ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?