
काठमाडौं । शेर्पा पर्यटन व्यवसायी संघको आयोजनामा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा सामुहिक भोज कार्यक्रम आयोजना भएको छ । राजधानीमा औपचारिक र सांस्कृतिक कार्यक्रमका साथमा संघले लोसार विशेष कार्यक्रम आयोजना गरेको हो ।
पर्यटन व्यवसायी शेर्पाहरुले शेर्पा संस्कृतिको संरक्षण, प्रबद्र्धन र विकासलाई टेवा पुर्याउँदै त्यसैको जगमा पर्यटन व्यवसायलाई उठान गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको संघका अध्यक्ष पेम्बा शेर्पा संगमले जानकारी दिए । संघले ग्याल्पो लोसार विशेष कार्यक्रम बार्षिक रुपमै आयोजना गर्दै आएको छ । नेपाली पर्यटनलाई विश्व बजारमा चिनाउन महत्वपूर्ण धरोहरको रुपमा रहेको हिमाली आदिवासी शेर्पा समुदायको परम्परागत चाड ग्याल्पो ल्होसारले व्यवसायीवीच भातृत्व सुदृढ गर्दै दीगो पर्यटन, समृद्ध राष्ट्र निर्माणमा सघाउ पुर्याउने हेतुले लोसार विशेष कार्यक्रम आयोजना गरिएको संस्थाका महासचिव पासाङ शेर्पाले जानकारी दिए ।
औपचारिक कार्यक्रममा पर्यटन तथा शेर्पा समुदायका विशिष्ट व्यक्तित्वहरुले पर्यटनको पर्याय नै शेर्पा रहेको दाबी गर्दै शेर्पा समुदायको सभ्यता, इतिहास र पहिचानले नै मुलुकको पर्यटन विकासको प्रमुख आधार रहेका भनाइ राखेका थिए । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पाहरु विना पर्यटन संभव नरहेको र नेपालको पर्यटनको आधार भनेकै यहाँको संस्कृति र विविधता रहेको कार्यक्रममा सहभागि अधिकांशको भनाइ थियो ।
कार्यक्रमको औपचारिक सत्रमा ताप्लेजुङ श्याब्रु कलाकार समूह, भोजपुर किदुगका कलाकारहरुले श्याब्रु प्रस्तुती दिए । त्यस्तै, चर्चित कलाकारहरुले सांगितिक प्रस्ततीले सहभागिहरुलाई मनोरञ्जन दिए । अनौपचारिक सत्रमा कलाकार, प्रयोजकहरुलाई कदर पत्र समेत प्रदान गरिएको लोसार संयोजक छोकी शेर्पाले जानकारी दिइन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै