नक्कली सुनको मूर्ति देखाएर २१ लाख ८५ हजार ठगेको आरोपमा एक जना पक्राउ

काठमाडौं । सुनको नक्कली मूर्ति देखाएर ठगिगरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुद्ध भगवानको मूर्ति देखाएर ठगेको आरोपमा प्रहरीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ घर भएका काशीनाथ पौडेललाई पक्राउ गरेको हो ।

उनले दुई जनाबाट २१ लाख ८५ हजार ठगेको प्रहरीले जनाएको छ । सुनको मूर्ति सस्तोमा दिन्छु भनेर आरोपीले भक्तपुर बस्दै आएका ३९ वर्षीय प्रेम कुमार विकसँग १० लाख र न्यूरोड बस्ने राजकुमार विकसँग ११ लाख ८५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार