
काठमाडौं । सोमबार सेयर बजार तीन घण्टा पछि एभरेजिङ भएको छ । कारोबार बन्द भएको १५ मिनेटमा हुनु पर्ने उक्त कार्य आज भने ३ घण्टा पछि भएको हो ।
अन्तिम कारोबारमा बढेको सेयर मूल्य १५ मिनेट पछि घट्यो भने तीन घण्टा पछि फेरि नेप्से परिसूचक बढेको छ । अन्तिममा नेप्से परिसूचक आज ७.१० अंकले बढेर २९७१.३१ विन्दुमा पुगेको हो । आज सेयर बजारमा ११५ कम्पनीको सेयर मूल्य बढेको छ भने १३५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०५ अंकले बढेर ५१४.९३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
परिसूचक तीन पटक निर्धारण भएको दिन कारोबार रकममा भने गिराट आएको छ । अघिल्लो दिन २६ अर्ब माथिको कारोबार भएको बजारमा आज भने १९ अर्बमा सिमित भएको छ । आज सेयर बजारमा ३२१ कम्पनीका ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर १ लाख ७९ हजार ७२६ पटक खरिद बिक्री हुँदा १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक