आईपीएल क्रिकेट : गुजरात र पन्जाब विजयी 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १० विकेटले हराएको छ । हिजोको खेलमा दिल्लीले दिएको २ सय रनको लक्ष्य गुजरातले १९ ओभरमा कुनै पनि विकेट नगुमाइ पुरा गरेको हो ।

गुजरातका शुभमन गिलले सर्वाधिक एक सय ८ रन बनाए । साइ सुदर्शनले ९३ रन जोडे । त्यसअघि अरूण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । उसका लागि केएल राहुलले एक सय १२ रन बनाए । अभिषेक पोरेलले ३० रन जोडे ।

गुजरातका अर्सद खान, प्रसिद्ध कृष्णा र साइ किशोरले समान १ विकेट लिए। जीतसँगै गुजरात १८ अङकसहित शीर्षस्थानमा उक्लिँदै प्लेअफमा प्रवेश गरेको छ । समान १७ अङक  बनाएका रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) र पन्जाब किङ्ग्स पनि प्ले अफमा पुगेका छन् ।
यसअघि हिजो भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले राजस्थान रोयल्सलाई १० रनले हराएको छ । पन्जाबले दिएको २ सय २० रनको लक्ष्य पछाएको राजस्थान रोयल्स २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनमा समेटियो।

राजस्थानका यशस्वी जैसवाले ५० र वैभव सूर्यवंशीले ४० रन बनाए । राजस्थानका  हर्पित ब्रार्रले ३ विकेट लिए। यस्तै अज्मतुल्लाह ओम्रजाइ र मार्को जानसेनले समान २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय १९ रन बनाएका थियो । पन्जाबका नेहाल वादेराले ७० रन बनाए । सशांक सिंहल  ५९ रन जोडे । राजस्थानका तुसार देशपाण्डेले २ विकेट लिए ।पन्जाब १२ खेलबाट १७ अङ्क बनाएर लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिग चरणबाट बाहिरिसकेको राजस्थानको यो दशौं हार हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार