
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई जितका लागि १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारीध ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको हो ।
निकै खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्र सिंह ऐरि र सोमपाल कामीले सम्मानजनक अवस्थामा पुर्याएका हुन् । यी दुईले ७ औँ विकेटका लागि ५४ रनको साझेदारी गरे । नेपालका लागि ऐरिले सर्वाधिक ५८ रनको योगदान दिए भने सोमपालले पनि टोलिका लागि २६ रनको पारी खेले । अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । ७३ रनमा ७ विकेट गुमाएको अवस्थामा सोमपाल र दीपेन्द्रले नेपालको पारी सम्मालेका थिए । नेपालको लागि तेस्रो सर्वाधिक रन लोकेश बमले बनाए । उनले १३ रन बनाए । गुल्सन झा र आशिफ शेखले ११÷११ रन बनाए ।
वेस्ट इन्डिजका लागि जेसन होल्टरले ४ विकेट लिए । त्यस्तै रोष्टन चेस, शमर जोसेफ, अकिल होसेन र म्याथ्यू फोर्डले समान १–१ विकेट लिए ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह