सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन

काठमाडौं । सुरज केसीको संयोजकत्वमा काठमाडौं जिल्ला टेबल टेनिस संघको तदर्थ समिति गठन गरिएको छ । केसी काठमाडौँ जिल्लाका पूर्व कोषाध्यक्षसमेत हुन् । उनले दुई कार्यकाल उक्त जिम्मेवारी सम्हालेका थिए । त्यसअघिका दुई कार्यकाल सदस्य थिए ।

काठमाडौँ जिल्लामा टेबल टेनिस खेलको वृद्धि विकास र विस्तार गर्न आवश्यक भएकोले गत चैत्र १६ गतेको बैठकको निर्णय अनुसार तदर्थ समिति गठन गरिएको संघका अध्यक्ष वृजेन्दबहादुर हमालले जनाकारी दिए ।

समितिमा रक्तचन्द्र मानन्धर र सुधीर महर्जन सहसंयोजक छन् । प्रशान्त महर्जन, अभयराज श्रेष्ठ, इन्दिरा पराजुली, महेश श्रेष्ठ, रुपेश शाक्य, डिलोन श्रेष्ठ, रविना महर्जन र जफर हुसेन सदस्य छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार