बर्दियामा हावाहुरीले क्षति : रुख ढल्दा दुई बालक घाइते

बर्दिया । बर्दियाको ठाकुरबाबासहित आसपास क्षेत्रमा हिजो दिउँसोको हावाहुरीले क्षति पुर्‍याएको छ । हावाहुरीले घरमा रुख ढलेपछि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुर गाउँका दुई जना बालक घाइते भएका छन् ।

नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि रहेको सालको रुख ढल्दा घर पूर्णरुपमा क्षति भएको छ भने उनका छोराहरु ५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु घाइते भएका स्थानीय बडघर पाँचुराम थारुले जानकारी दिए ।

घाइते अमितको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ भने आदित्यलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको स्थानीय समाजसेवी अर्जुन शर्माले बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार