असियन अल स्टार्ससँग युनाइटेड पराजित

काठमाडौं । मे बैंक च्यालेन्ज कपमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित स्टेडियम नेसनल बुकित जलिलमा बुधबार सम्पन्न खेलमा असियन अल स्टार्ससँग पाहुना टोली युनाइटेड १–० ले पराजित भएको हो ।

असियनलाई जित दिलाउन माउङ माउङ ल्विनले गरेको गोल नै निर्णायक रह्यो । युनाइटेडले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो। तर, ७२औं मिनेटमा ल्विनले गोल गरेका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार