प्राधिकरणका अध्यक्ष ओझाविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस हुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।आज न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले ओझाविरुद्धको मुद्दा पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।

प्राधिकरणका अध्यक्ष ओझाको योग्यताका विषयमा प्रश्न गर्दै सर्वोच्च अदालतमा चैत १७ गते अधिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय र बीमा प्राधिकरणलाई विपक्षी बनाइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार