
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरूबीच अर्थ मन्त्रालयमा विशेष भेटघाट भएको छ । पुँजी बजारको वर्तमान अवस्था र सुधारका उपायहरूका बारेमा छलफल गर्न उक्त भेटघाट आयोजना गरिएको हो ।
आज बिहान ९ः४५ बजेबाट सुरु भएको भेटवार्ता करिब आधा घण्टा चलेर सकिएको थियो । भेटका क्रममा एशोसिएसनका पदाधिकारीहरूले नेपालको सेयर बजारमा देखिएका समस्या, ब्रोकरहरूको कार्यक्षेत्र विस्तार र नीतिगत सुधारका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भेटघाटमा एशोसिएसनले पुँजी बजारलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै लगानीकर्ताको मनोबल उच्च राख्न सरकारले अभिभावकीय भूमिका खेल्नुपर्ने माग राखेको थियो । आईतबारको बजारमा १०५ अंकको गिरावट भएपछि दोस्रो बजारका लगानीकर्ताहरु पनि आन्दोलित भएका छन् । अर्थमन्त्रीले सेयर बजारको विषयमा सम्वोधन गर्नुपर्ने माग समेत उठाएका थिए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
इप्पानको सेबोनसँग ८ बुँदे नीतिगत र ३ बुँदे तत्कालीन माग, ‘आईपीओ रोकिँदा ४ हजार मेगावाटका आयोजना संकटमा’
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना