एरिका सम्मानित

काठमाडौं। तार्केश्वर नगरपालिकाले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी एरिका गुरुङलाई बुधबार नगदसहित सम्मान गरेको छ । तार्केश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन, नगर उप–प्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रशासकीय प्रमुख इश्वरीप्रसाद आचार्यले एरिकालाई प्रशंसा पत्र र नगदसहित सम्मान गरे ।

कार्यक्रममा वडा न २ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण खड्गी, नगर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गीलगायतको उपस्थिति रहेको थियो । मोरक्कोको रावतमा भएको प्रतियोगिताको महिला ६८ केजीमाथि तौलसमूहमा एरिकाले कांस्य पदक भिडन्तमा फ्रान्सकी खेलाडीलाई हराउदै ऐतिहासिक कांस्य जितेकी हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार