मुस्ताङ माउन्टेन होमको आम्दानी ३ करोडमाथि, ६ महिनामा गर्यो ६ करोडको व्यापार

काठमाडौं । लाक्पा सोनाम शेर्पाको मुख्य लगानीमा रहेको मुस्ताङ माउन्टेन होमले चालु आर्थिक वर्षको ६ महिनामा ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ६ महिनामा (२०२५ को ६ महिना) मा ७ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

व्यापार बढेसँगै कम्पनीको आम्दानीमा पनि सुधार देखिएको छ । सन् २०२४ को ६ महिनामा ७ करोड ६० लाख रुपैयाँ व्यपार गरेको थियो भने सन् २०२३ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । यती एयरलायन्सका अध्यक्ष लाक्पा सोनाम शेर्पाले सन् २०१४ मा उक्त कम्पनी स्थापना गरेका थिए । स्थापना भएको १० वर्ष अर्थात सन् २०२३ मा पब्लिक उक्त कम्पनी कम्पनीको रुपमा परिणत भएको छ ।

मुस्ताङ जिल्लाको मार्फामा रहेको लक्जरियस रिसोर्ट ३५ हजार १ सय ३ स्क्वायरफिट क्षेत्रफलमा फैलिएको कम्पनीले जनाएको छ । रिसोर्टमा २९ वटा सुइट रुमको सुविधा छ । विभिन्न सुविधासहित निर्माण भएको रिसोर्टमा १ अर्ब १६ करोड ८० लाख रुपैयाँ लगानी भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार