
काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले १० खेलाडीमा सीमित चेल्सीमाथि कठिन २–१ को जित निकाल्दै अंकतालिकाको ५ अंकको अग्रता कायम राखेको छ। आइतबार इमिरेट्स स्टेडियममा भएको खेलका सबै गोल कर्नरबाट भएका थिए। ६६औँ मिनेटमा जुरिएन टिम्बरले हेडमार्फत गरेको गोल निर्णायक बन्यो।
आर्सनलले २१ औं मिनेटमा विलियम सालिबाको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि कर्नरबाटै दबाब सिर्जना गर्यो, जसमा पिएरो हिन्कापिएबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुगेको थियो। तर दोस्रो हाफमा आर्सनलले फेरि सेट पिसमार्फत गोल गर्यो। तीन मिनेटको अन्तरालमा दुई पहेँलो कार्ड पाएपछि पेड्रो नेटोलाई रातो कार्ड देखाइयो र चेल्सी १० खेलाडीमा सीमित भयो। त्यसपछि ६६ औं मिनेटमा टिम्बरको हेड गोलले आर्सनललाई महत्वपूर्ण जित दिलायो।
मिकेल आर्टेटाको टोलीले यो जितसँगै म्यानचेस्टर सिटी भन्दा सुरक्षित दूरी कायम राखेको छ। चेल्सी छैटौँ स्थानमा सीमित भएको छ।













समाचार
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन