काठमाडौं । बायर्न म्युनिकले आइतबार कुनै खेल नखेली नै बुन्डेसलिगा उपाधि जितेको छ । यो जितले क्लबलाई २०१२ यताकै पहिलो उपाधिविहीन सिजनबाट पुनरागमन गर्ने अवसर दिएको हो ।
गए राति भएको खेलमा बायर लेभरकुजेनले फ्राइबर्गसँग २–२ को बराबरी खेलेपछि बायर्न दुई खेल अगाबै च्याम्पियन बनेको हो । बायर्नसँग अहिले नै आठ अंकको अग्रता छ, जुन लेभरकुजेनले भेटाउने सम्भव छैन । यो बायर्नको कीर्तिमानी ३४औं जर्मन लिग उपाधि हो ।
सन् १९३२ मा क्षेत्रीय विजेता टोलीहरूबीचको नकआउट प्रतियोगिताबाट आएको पहिलो उपाधिबाहेक बाँकी सबै उपाधि बुन्डेसलिगा स्थापना (१९६३) पछि जितिएको हो ।