
म्याग्दी । बारीमा लटरम्म फलेर पाक्न थालेको अकबरे खुर्सानी देखेर बेनी नगरपालिका–३ भकिम्लीका गोविन्द किसान जती खुसी र उत्साही छन् त्यो भन्दा बढी खुर्सानी कहाँ लगेर कसरी बेच्ने भन्ने पिडाले सताएको छ ।
“गाउँका अन्य किसानको सफलताबाट प्रभावित भएर दुई रोपनीमा लगाएको खुर्सानी पाकेर राताम्मे हुन लागेको छ,” उनले भने “खुर्सानी देखेर खुसी हुनुपर्ने मलाई कहाँ लगेर बेच्ने भन्ने चिन्ताले सताएको छ ।”
गोविन्दले घर नजिकैको बारीमा कोदो र मकैको विकल्पमा यसपालि पहिलो पटक अकबरे खुर्सानी खेती गरेका हुन् । गत वर्ष प्रतिकिलो रु २०० का दरले बिक्री भएको अकबरे खुर्सानी यसपालि प्रतिकिलो रु १७० पार्न पनि मुस्किल भएको किसानले गुनासो गरेका छन् ।
गत वर्ष खुर्सानी बेचेर रु चार लाख आम्दानी गरेका सोचिन्द्रा कृषि तथा पशुपक्षी फार्मका सञ्चालक लालबहादुर पुनले चिनाखेतस्थित पुर्ख्यौली जग्गामा यसपालि नौ रोपनीमा अकबरे खुर्सानी खेती गरेका छ ।
“राम्रो मूल्य पाउने हो भने यसपालि भकिम्लीबाट रु २० लाखभन्दा बढीको खुर्सानी बिक्री हुन्छ,” उहाँले भने, “दुई वर्षअघि प्रतिकिलो रु ३५० सम्ममा बिक्री भएको खुर्सानी गत वर्ष प्रतिकिलोग्राम १९० सम्म प्राप्त भएको थियो, यसपालि १३० पाउन पनि मुस्किल भएको छ ।”
भकिम्लीमा गोविन्द नेपाली, लालबहादुर पुन, राम रुचाल, खिम आले, कुल पुन, जगदेवी घर्ती, मनी रोकालगायत १० जना किसानले व्यावसायिक अकबरे खेती गरेका छन् । सस्तो मूल्यमा खुर्सानी खरिद गर्ने केही व्यापारीले किसानलाई भुक्तानी नदिएर दुःख दिएको लालबहादुरले बताए ।
भकिम्लीका किसानले तीन वर्षयता व्यावसायिक रूपमा अकबरे खेती गर्न थालेका हुन् । यसअघि अकबरेको व्यावसायिक खेती भएको थिएन । बेलढुङ्गा कृषक समूहका सचिव भीमबहादुर रोकाले ताप्लेजुङबाट बीउ ल्याएर परीक्षणका रूपमा गरेको खेती सफल भएपछि व्यवसाय थालेका हुन् । भकिम्लीमा पहिलो पटक व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती भएको हो । कृषि विकास कार्यालयले तरकारी खेती प्रवर्द्धन कार्यक्रममार्फत अनुदान उपलब्ध गराएको थियो ।
उच्च पहाडी भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीमा अकबरे खुर्सानी खेतीका लागि उपयुक्त रहेका कृषि विकास कार्यालयका प्रमुख सञ्जीव बाँस्तोलाले बताए । उनका अनुसार दिउँसो २२ देखि २५ डिग्री सेल्सियस र राति १५ देखि २० डिग्री सेल्सियस तापक्रम हुने उच्च पहाड र तराईको भूगोलमा अकबरे खुर्सानी खेती गर्न सकिन्छ ।
बेनी, दरवाङ, तातोपानी, गलेश्वर, मुस्ताङ, बाबियाचौर, दरवाङ, कुश्मा र बागलुङ अकबरे खुर्सानीको स्थानीय बजार हो । कोदो, मकैलगायत परम्परागत खाद्यबालीको विकल्पमा अकबरे खुर्सानी खेती गरेका कुलबहादुर पुनले फुल खेल्न थालेपछि बोट सुक्ने समस्याका कारण आम्दानी लिन नपाएको गुनासो गरे ।
खुर्सानीको बजारीकरणका लागि व्यापारी र किसानलाई सम्पर्क गराउन समन्वय गर्नाका साथै रोग किराको समस्या देखिएको ठाउँमा कृषि प्राविधिकलाई खटाएको बेनी नगरपालिका–३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए । ताजा अवस्थामा बिक्री नभएको खुर्सानीलाई सुकाएर प्रशोधन गर्ने तथा सुरक्षित रूपमा ‘प्याकिङ’ गरेर राख्ने ज्ञान र सीपको विकासका लागि तालिम आवश्यक छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम