
काठमाडौं । संयुक्त राज्य अमेरिकाले बाढीबाट प्रभावित नेपालको पुनः स्थापना तथा पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको छ । न्युयोर्कमा मंगलबार अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकर र परराष्ट्रमन्त्री शिशिर खनाल बिच भएको भेटवार्तामा अमेरिकाले नेपाललाई थप सहयोग गर्ने घोषणा गरेको हो ।
भेटका क्रममा उपविदेशमन्त्री हुकरले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गरिन् । उनले बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका करिब ७० जना अमेरिकी नागरिकका परिवारप्रति पनि सहानुभूति व्यक्त गरिन् ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार हुकरले प्रभावित क्षेत्रमा स्थायी रूपमा निर्माण गरिने पुलका लागि अमेरिकी संसद्सँग समन्वय गरी १० मिलियन अमेरिकी डलर सहयोग उपलब्ध गराउने पनि घोषणा गरिन् ।
अमेरिकी कम्पनीबाट निर्माण गरिने ती पुलले बाढीबाट क्षतिग्रस्त महत्त्वपूर्ण यातायात पूर्वाधार पुनः स्थापना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । यसैबिच मंगलबार नै अमेरिकी वाणिज्य मण्डलका प्रमुख अन्तर्राष्ट्रिय मामिला अधिकारी डा. जोसुवा वाकरले पनि नेपालका परराष्ट्रमन्त्री खानालसँग भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपालमा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषय तथा नेपाल र अमेरिका बिच व्यावसायिक साझेदारी सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।












समाचार
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा