काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि सेयर बजार दोहोरोे अंकले घटेको छ । आज नेप्से १३.६९ अंकले घटेर २६६४ को बिन्दुमा बन्द भएको हो । आज कारोबार रकममा पनि गिरावट आएको छ । बुधबार विभिन्न सेक्टरका ३ सय ७ कम्पनीको २ करोड २० लाख ७५ हजार कित्ता सेयर खरिद–बिक्री भएर ९ अर्ब ९० करोडको सेयर कारोबार भएको छ ।
आज हाइड्रोपावर सेक्टर बाहेक अन्य सम्पूर्ण उप–सूचकहरु राताम्मे बनेका छन् । आज ७७ वटा कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १७० वटाको मूल्यमा भारी गिरावट आएको छ ।