
सप्तरी । सप्तरीका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ । सप्तरी-१ मा रास्वपाकी पुष्पा चाैधरी १० हजार ९ सय १६ मत प्राप्त गरेकी छन् । नेपाली कांग्रेसका रामदेव साह तेलीले २ हजार ५ सय १५ मत पाएका छन् ।
यस्तै नेकपा एमालेका समनराज प्याकुरेलले २ हजार २ सय ८३ मत र स्वाभिमान पार्टीका सुमित कुमारले १ हजार २ सय २४ मत ल्याएका छन् ।क्षेत्र नम्बर- २ मा पनि रास्वपाका रामजी यादवले ६ हजार २ सय ७५ मत ल्याउँदै फराकिलो अग्रता बनाएका छन् । जसपा नेपालका उमेशकुमार यादवले ३ हजार २ सय ७४ मत ल्याएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सिके राउत तेस्रो स्थानमा छन्। राउतले २ हजार ६ सय ८६ मत ल्याएका छन् ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा स्वाभिमान पार्टीका सतिशकुमार सिंहले ९ सय ८६ मत मात्रै पाएका छन् । यस्तै क्षेत्र नम्बर-३ मा रास्वपाका अमरकान्त चौधरीले फराकिलो मतान्तर बनाएका छन् । उनले ७ हजार ४ सय ९४ मत पाउँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ५ हजार ९ सय १३ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका दिनेशकुमार यादवले ३ हजार १ सय २५ मत, नेकपा एमालेका ताराकान्त चाैधरीले १ हजार ७ र जनमत पार्टीका सुरेन्द्र मधेशीले ७ सय ४० मत ल्याएका छन् । क्षेत्र नम्बर- ४ मा रास्वपाका सिताराम साहले फाराकिलो अग्रता बनाएका छन् । उनले १९ हजार ५ सय ५५ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका तेजुलाल चाैधरीले ७ हजार २ सय ८० मत ल्याउँदा जसपा नेपालकी बबी सिंह यादवले ७ हजार ४ सय ५९ मत ल्याएकी छिन् । नेपाली कम्युनिस्ट पार्टीका रूबी कर्णले १ हजार १ सय १७ मत पाएकी छिन् ।













समाचार
शेर्पा संघको राहत अभियान, एकैदिन १२ लाख संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी