
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नाफामा उच्च गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको भन्दा नाफामा गिरावट आएको हो ।
समीक्षा अवधिमा अवधिसम्ममा कम्पनीको मुनाफा ४० प्रतिशतले घटेको छ । कम्पनीले गत बर्षको ९ महिनाको अवधिमा १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो । यस्तो नाफा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा घटेर १० करोड ६० लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, गत बर्षमा १२ रुपैयाँ ५८ पैसा रहेको प्रतिसेयर आम्दानी चालु आवको ९ महिनाको अवधिमा ५ रुपैयाँ ५५ पैसामा पुगेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ १७३.०४ रुपैयाँ रहेको छ ।
त्यस्तै, कम्पनीको इनकम इन्भेष्टमेन्ट लोन गत बर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन ७६ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै