
हेटौँडा । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए ।
उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य भइरहेकै छ’, अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौँ, तर उपकरण मर्मतको काम समयमा नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।’
उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए । ‘हामीसँग कच्चापदार्थको कुनै अभाव छैन्,’ अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।’
थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।













समाचार
शेर्पा संघको राहत अभियान, एकैदिन १२ लाख संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को फाइनलमा प्रवेश
सूर्य नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १५ करोड सहयोग
भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई क्यापिटलद्वारा १० लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख सहयोग गर्ने सानिमा रिलायन्स लाइफको घोषणा
लुम्बिनी विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
एनसेलले बढायो बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा अवधि ७ दिन
९ सय बढी जलबिधुत आयोजनामा कार्यरत मजदुर सम्पर्कबिहीन
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी