
काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा लिभरपुलमाथि पुनरागमन जित निकालेको छ । एनफिल्डमा एर्लिङ हालान्डले आफ्नो पहिलो गोल गरेपछि सिटीले लिभरपुलाई २–१ ले हराएको हो ।
यो जितसँगै सिटीको प्रिमियर लिग उपाधि आशा कायम राखेको छ । आर्सनल (५६ अंक) ले शनिवार लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको थियो । तर आइतवारको जितपछि सिटीले त्यो दूरी घटाएर ६ अंकमा ल्याएको छ । लिभरपुलका डोमिनिक सोबोस्लाइले ७४ औं मिनेटमा उत्कृष्ट फ्रिकिकमार्फत गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । गोलकिपर जियानलुइजी डोनारुम्मालाई छलाउँदै उनले शानदार गोल गरेका थिए । तर डोमिनिकले खेलको अन्तिम क्षणमा उनले रातो कार्ड पनि खाए ।
खेलको ८४औँ मिनेटमा बर्नार्डो सिल्भाले हालान्डको हेडरलाई भलीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याए । त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा हालान्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई जित दिलाए । अन्तिम क्षणमा रायन चेर्कीको गोल अमान्य घोषित भए पनि सिटी विजयी भएको हो । यो जितपछि सिटी दोस्रो स्थान थप मजबुत बनाउने छ । ३९ अंकसहित लिभरपुल भने छैटौँ स्थानमै सीमित रहँदै चौथो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा ५ अंकले पछि परेको छ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने