काठमाडौं । क्लब विश्वकपको समूह ‘एफ’ अन्तर्गत मेटलाइफ स्टेडियम (न्युयोर्क नजिकैको ईस्ट रदरफोर्ड) मा बुधबार बिहान भएको खेलमा बोरुसिया डर्टमुन्ड र ब्राजिलको फ्लुमिनेन्सेबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
कोपा लिबरटाडोरेस २०२३ की विजेता फ्लुमिनेन्से खेलभरि नै बढी आक्रमणमा देखियो। पहिलो हाफमा जोन एरियासको प्रहारलाई डर्टमुन्डका गोलकिपर ग्रेगोर कोबेलले पोस्ट बाहिर पठाए । त्यसपछि मथेउस मार्टिनेलीको प्रहार थोरैले बाहिरियो । पछिल्लो सिजन बुन्डेसलिगा चौथो स्थानमा सकेको डर्टमुन्डले खेलभरि प्रभाव जमाउन सकेन ।