काठमाडौं । एर्लिङ हालान्डले आफ्नो शीर्ष स्तरको करियरको ३ सयौं गोल पूरा गरेको खेलमा म्यानचेस्टर सिटीले युभेन्टसलाई क्लब विश्व कपमा ५–२ ले पराजित गरेको छ। सिटी समूह ‘जी’ को शीर्षमा पुग्यो।
१० मिनेटमा नै सिटीले अग्रता लिएको थियो। रायन एइट–नूरीको पासलाई जेरेमी डोकुले गोल गरे । तर युभेन्टसले तुरुन्तै गोल फर्कायो । गोलकिपर एडरसनको कमजोर पासलाई ट्युन कुपमाइनर्सले पाएको बलमा गोल गरे। २६ औं मिनेटमा सिटीले पुनः अग्रता लियो। विपक्षी खेलाडी वरिपरि नभएको अवस्थामा फ्रान्सेली खेलाडी पिएर कालुलुले म्याथेउस नुनेसको क्रसलाई आफैंको पोष्टमा आत्मघाती गोल गरे।
दोस्रो हाफ सुरु भएलगत्तै हालान्ड मैदानमा उत्रिए र नुनेसको पासमा ५२ औं मिनेटमा गोल गरे। त्यसपछि फिल फोडेनले ६९ औं नजिकैबाट गोल गरे । साविन्होले ७५ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरे।
युभेन्टसका स्ट्राइकर दुसान ब्लाहोभिचले खेलमा पहिला मौका चुकाए पनि ८४ औं मिनेटमा पछि सान्त्वना गोल गरे। तर त्यो धेरै ढिलो भइसकेको थियो, किनभने सिटीले समूह चरणमा शत प्रतिशत जितसहित उत्कृष्ट प्रदर्शन गर्दै अन्त्य गरे ।