
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको ८ औँ साधारणसभा कात्तिक १७ गते सोमबारका लागि बोलाइएको हो ।
सभा काठमाडौंका बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा मध्यान्ह साढे १२ बजेदेखि शुरू हुनेछ । सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।
त्यसैगरी नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेतलाई मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
कम्पनीले सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव भने समावेश गरेको छैन । सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरू उक्त सभामा भाग लिन सक्नेछन् ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान