
काठमाडौं । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) ले दोस्रो टी–२० अन्तर्राष्ट्रिय खेलमा बंगलादेशलाई दुई विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको छ । जितका लागि २०५ रनको विशाल लक्ष्य पछ्याएको युएईले अन्तिम बल बाँकी रहँदा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो ।
यो बंगलादेशविरुद्ध युएईको पहिलो टी–२० अन्तर्राष्ट्रिय जित हो । कप्तान मुहम्मद वसीमको ८२ रनको विस्फोटक पारी युएईको जितको मेरुदण्ड बन्यो । तर, वसीम आउट हुँदा लक्ष्य पुग्न अझै ५८ रन बाँकी थियो । सातौं नम्बरदेखि तलका सबै ब्याटरले कम्तिमा एक छक्का प्रहार गरे । अन्तिम ओभरमा ध्रुव पराशरले संयम देखाए भने हैदर अलीले दोस्रो अन्तिम बलमा विजयी रन बनाए । यद्यपि, त्यो बल नो–बलबाट आएको फ्री हिट थियो। हैदर र मतिउल्लाहबीच रन पूरा गर्ने क्रममा गल्ती भएको थियो। तर, बंगलादेशका तोहिद हृदोयले पहिलो प्रयासमै थ्रो नगर्दा युएईका ब्याटर दुई रन पूरा गर्न सफल भए र इतिहास रचियो।
युएईका मोहम्मद जोहाइबल ३४ बलमा तीन चौका र दुई छक्कासहित ३८ रन बनाए। आसिफ खान १९, अलिसान सरफु १३ र ध्रुव ११ रनमा आउट हुँदा हैदर अली १५ रनमा अविजित रहे । बंगलादेशका नाहिद राना, राशिद हौसेन र शोरिफुल इस्लामको नाममा समान दुई विकेट रह्यो।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू